बैतडी, ११ कात्तिक । बैतडी जिल्ला अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ । दरबन्दीअनुसारका चिकित्सकहरु नहुँदा अस्पतालको सेवा प्रभावित भएको हो । अहिले प्रदेश मातहतमा रहेको अस्पतालमा तीनजना स्थायी चिकित्सकको दरबन्दी भएपनि एकजना चिकित्सकको भरमा अस्पताल चलिरहेको छ ।
दुईजना छात्रवृत्ति करारका चिकित्सकहरुले सेवा सञ्चालन गरिरहेका छन् । एक जना नवौं ह र दुई जना आठौं तहका चिकित्सकको दरबन्दी रहेको उक्त अस्पतालमा आठौं तहका एक जनामात्रै सेवारत छन् । आठौं तहका चिकित्सक जगदीशचन्द्र बिष्टले अस्पताल प्रमुखको जिम्मेवारीसमेत सम्हालेका छन् ।
उनी पनि संघमा समायोजन भएकाले पदस्थापन हुनेवाला छन् । उनी त्यहाँबाट हिड्ने बित्तिकै अस्पतालको सेवा झन् डामाडोल हुने भएको छ ।
अहिले पनि छात्रवृत्रि करारका चिकित्सकको भरमा स्वास्थ्य सेवाचलिरहेको छ । जिल्ला अस्पतालमा शल्यक्रियामार्पmत प्रसूति सेवा पनि चलाइएको छ । सो सेवालाई निरन्तरता दिन स्त्रीरोग विशेषज्ञको आवश्यकता पर्दछ ।
डाक्टर बिष्टको सरुवासँगै यस अस्पतालको प्रसूति सेवा पनि बन्द हुने अवस्थामा पुग्ने अस्पतालले जनाएको छ । अहिले जिल्ला अस्पतालमा विभिन्नखाले बिरामीहरु उपचारका लागि आउने भएपनि दक्ष्यजनक्ति अभावमा उपयुक्त सेवा दिन समस्या भएको गुनासो अस्पतालको छ ।