Logo

देउवाको आरोप : सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो



काठमाडौं, ११ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रपधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाएका छन् । उनले देश निकै अप्ठ्यारो अवस्थामा रहेको बताए ।

आज (सोमबार) नेपाली काँग्रेस भक्तपुरले नेपाल सम्वत ११४०, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देउवाले कम्युनिष्ट सरकारले जनताको अधिकार खोस्न बिभिन्न विद्येयकहरु ल्याएको टिप्पणी गरे ।

उनले भने,‘यो सरकारले कर बढाएर जनताको ढाड सेकाउने काम गरेको छ । सरकारले जनतालाई दुःख दिईरहेको छ ।’ त्यस्तै, उनले वर्तमान सरकारले उपभोक्ताको नाममा ठूलो भ्रष्टाचार गरिरहेको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्