Logo

नेपाली आरोही निर्मल पूर्जाको १४ हिमाल आरोहणको विश्वकिर्तिमान (तस्बिरसहित)



काठमाडौं, १२ कात्तिक । सगरमाथामा ट्राफिक जामको तस्बिरले संसारभर चर्चा कमाएको थियो । विश्वकै ध्यानाकृष्ट गराउने तस्बिर खिच्ने उनै निर्मल पूर्जाले विश्वकिर्तिमान बनाए ।

सात महिनाभित्र विश्वका १४ वटा आठ हजार मिटर अग्ला चुचुरो टेकेर किर्तिमान कायम गर्ने पूर्व ब्रिटिश सेनाको १४ हिमाल आरोहण तस्बिरमा । यी तस्बिरहरु उनको ट्वीटर पेजबाट लिइएको हो ।

पूर्जा अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, सगरमाथा, लोत्से, मकालु, नांगा पर्वत, गसेरब्रुम १, गसेरब्रुम २, के टु, ब्रोड पिक, चोयु, मनास्लु र सिसापाङ्ग्मा हिमालको चुचुरोमा पुगेका थिए । जसमध्ये सातवटा नेपाल, पाँचवटा पाकिस्तान र दुई चीनका हिमाल छन् ।

हिमाल आरोहणका क्रममा उनले भिडियोहरु पनि खिचेका छन् ।



प्रतिक्रिया दिनुहोस्