काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले विकास र समृद्धिको लागि अहिलेको भन्दा तिव्र गतिमा काम गरोस भन्ने चाहना जनताले राखेको सुनाए ।
प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता खनालले अहिले विकास निर्माणका कामहरु धमाधम भैरहेको पनि विश्वास दिलाए । उनले सरकारको समिक्षा गर्ने बेला भएको पनि बताए । उनले भने,‘२० महिना भनेको करिबन २ वर्ष भयो । यो सरकारको जम्माजम्मी कार्यकाल भनेको पाँच वर्षको हो । अन्तिम वर्ष भनेको चुनावको वर्ष हो । त्यसो भएको हुँदा २ वर्ष पुग्नु भनेको समिक्षा गर्ने बेला भयो ।’