काठमाडौं, १३ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोग लागेको एक महिनापछि नेपाली राजनीतिको माथिल्लो देखि तल्लो निकायसम्म गम्भीर विषयहरु खुल्न थालेका छन् । जर्बजस्ती प्रकरणमा अन्य नेताहरुको पनि नाम खुलेको छ ।
विगतमा प्रदेश नम्बर ३ का मन्त्री केशव स्थापितमाथि काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारीले र्दुव्र्यवहारको गम्भीर आरोप लगाएकी थिइन् । सोही आरोपको केही समयपछि उनी पदबाट बर्खास्तगीमा परेका थिए ।
महराले सभामुखबाट राजीनामा दिए । उनीमाथिको अभियोग अनुसन्धानको क्रममा छ । पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पामाथि पनि एक महिलाले विगतमा यौन शोषण गरेको विषय बाहिर ल्याइन् । कृपाशुरबाट एक बच्चाको जायजन्म समेत भएको विषय खुलेपछि बजार तात्तिएको थियो ।
एकपछि अर्को गर्दै नेताहरु यौन प्रकरणमा मुछिइरहँदा विद्यार्थी नेताहरु समेत यस्तै अभियोगमा प्रहरीको नियन्त्रणमा परेका छन् । नेकपा निकट अनेरास्ववियूका नेता इन्द्रहाङ राईमाथि महिलालाई साथीको कोठामा लगेर जर्बजस्ती गरेको अभियोग लागेको छ । घटनापछि उनी प्रहरी नियन्त्रणमा छन् ।
यसैगरी, किशोरीमाथि जर्बजस्ती गरेको अभियोगमा नेपाली कांग्रेसका नुवाकोट जिल्लाका आमन्त्रित सदस्य ज्ञानेन्द्र गजुरेल प्रहरी नियन्त्रणमा छन् । उनीमाथि ललितपुरमा ती किशोरीमाथि जर्बजस्ती गरेको अभियोग छ ।
ठूला नेताहरुमाथि उजूरी परिरहँदा विद्यार्थी र जिल्ला तहका नेताहरुमाथि समेत महिलाले गम्भीर अभियोग दर्ता गर्न थालेका छन् । पछिल्लो घटनाका कारण महिलाले घटनाको यथार्थ बाहिर ल्याउन थालेको अवस्थाका रुपमा लिन थालिएको छ ।