Logo

कपिलवस्तुको कृष्णनगर तनाव, कर्फयू जारी



कपिलवस्तु, १४ कात्तिक । लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा कपिलवस्तुको सीमा नाका कृष्णनगर तनावग्रस्त बनेको छ । मूर्ति विसर्जन गर्नेहरुले प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनमा केही घाइते समेत भएका छन् ।

हिजो बेलुका प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउण्ड हवाई फायर गरेको थियो । आज बिहानैदेखि प्रदर्शनकारीहरु समुह–समुह बनाएर सडकमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ । आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्जदेखि र अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले बसपार्कमा रहेको पुलिस बिट जलाइदिएका छन् । अहिले कृष्णनगरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्युसमेत लागु गरेको छ । प्रशासनले जारी गरेको कफ्र्युअनुसार कृष्णनगर भन्सारको उत्तरतर्फ सातसय मिटर, पश्चिमतर्फ सातसय मिटर र पूर्वतर्फ तीन सय मिटर भित्र विहीबार ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म कर्फयू आदेश जारी भएको हो ।



प्रतिक्रिया दिनुहोस्