काठमाडौं, १४ कात्तिक । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबस्जस्ती करणीेको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ ।
प्रहरीले महराले अनुसन्धानमा असहयोग गरेको आरोप लगाएको छ । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो ।