काठमाडौं, कार्तिक १५ । सांसदको कोठाबाट दिन दहाडै लाखौं रुपैयाँको धनमाल चोरी भएपछि काठमाडौंको शान्ती सुरक्षामा प्रश्न उठेको छ । संखुवासभाबाट निर्वा्चित नेकपाका सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित देवीनगरमा रहेको कोठाबाट नगद र गरगहना चोरी भएको हो ।
प्रतिनिधिसभा सांसद गौतमले बिहिबार दिउँसो चोर आफ्नो कोठामा पसेर दराजमा राखेको सुनको गहनासहित नगद रुपैयाँ चोरेर भागेको जनाएका छन् ।
घरमा कोहि नभएको समयको मौका हेरेर मात्रै चोरले आफ्नो योजना बनाएको बताउदै उनले ताला लगाएको कोठाको समेत ढोका फोडेर करिब तीन तोला सुन, चाँदीका गहना,चाँदीको दियो, थाली, करुवा, लगायतका समान चोरी भएको बताएका छन् ।
उनले दराजमा राखेको एकलाख १५ हजार नगद रुपैयाँ चारी भएको जनाए । तिहारको समयमा काम आउने गहनाका भाडा लगायतका सामाग्रीसहित सुरक्षित राखेको रकमसहित चोरी भएपछि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।तर, घटना भएको २१ घण्टा बितिसकेपनि चोर सार्वजनिक हुन सकेको छैन् ।