Logo

पूर्व प्रमुख आयुक्त उपाध्यायको निधन



काठमाडौं, १५ कात्तिक । नेपाल सरकारकार पूर्व सचिव तथा अख्तियार दूरुपयोग अनुशन्धान आयोगका पूर्व प्रमुख आयुक्त राधारमण उपाध्यायको निधन भएको छ । ८६ वर्षीया उपाध्यायको आज राति २ बजे काठमाडौंको बानेश्वरस्थित् आफ्नै निवासमा निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या थियो ।

उपाध्यायको आज विहानै ८ बजे पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको स्वर्गीय उपाध्यायका आफन्त मुकुन्द निरौलाले जानकारी दिए । उपाध्यायका श्रीमती र तीन छोरा छन् ।



प्रतिक्रिया दिनुहोस्