Logo

महराको बयानमा झुटै झुट : १२ गते रोशनीको कोठामा नगएको दावी



काठमाण्डौ । जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो । उनलाई आईतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिएका छन् ।

संजीव पोखरेल, फैसला कार्यान्वयन अधिकारी, जिल्ला अदालत, काठमाडौं

शुक्रबार महराले न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान दिएका थिए । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।

बयानका क्रममा महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिला रोशनी शाहीको कोठामा प्रवेश नगरी फर्किएको दावी गरेका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् ।

घटनाका विषयमा केही संचारमाध्यमले आफूलाई फसाउने मनसायले षडयन्त्रपूर्वक झुटो समाचार सम्प्रेषण गरेको महराको आरोप छ । कर्मचारी समायोजनपछि शाहीले आफूलाई समस्या परेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको र आफूले सहयोगको प्रयास गरेको महाराले बताएका छन् । रोशनी शाहीले भनेजस्तै गरी आफूले तत्काल मिलाउन नसकेपछि उनी रिसाएको महराको बयानमा उल्लेख छ ।

असोज १२ गते शाहीलाई सम्झाउने मनसायले अन्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमानसमेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०–२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको महराको दावी छ ।

घटनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) आफ्नो नभएको पनि महराको दावी छ । रक्सी बोकेर शाहीको कोठामा गएको कुरा विल्कुलै निराधार भएको महराले बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्