काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था दिनानुदिन विग्रदै गएपछि सरकारी निवास भित्रै मेडिकल रुम बनाउने तयारी भएको छ ।
प्रधानमन्त्रीको उपचारमा सजिलो होस भनेर नै बालुवाटार भित्रै मेडिकल रुम बनाउने तयारी भएको हो । उक्त मेडिकलबाट डायलाइसिससमेत गर्न मिल्ने प्रधानमन्त्रीको उपचारमा खटिएका नीजि चिकित्सकले बताएका छन् ।
डायलाइसिस उपकरण कस्तो राख्ने भन्नेबारे चिकित्सकबिच छलफल पनि भइसकेको छ। प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नुपर्ने भएका कारणपनि उक्त मेडिकल रुम आवश्यक रहेको जनाइएको छ ।
स्वास्थमा एक्कासी गम्भीर समस्या आए तुरुन्त अस्पताल लैजान ढिला हुन सक्ने बताउदै बालुवाटरमै उक्त सुविधा सहितको कोठाको तयारीमा बालुवाटारले पनि सहमती जनाइसकेको छ । आइसियु सहितको उक्त मेडिकल कोठामा अस्तपतालको जस्तै सेवा सुविधा हुनेछ ।