Logo

सलमान खानको हिरोइन बन्न सोनाक्षीको कठोर तयारी



काठमाडौं, कार्तिक १६ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ‘दबंग–३’ का लागि ७ किलो तौल घटाएकी छन् । हाल फिल्मको प्रमोशनमा ब्यस्त उनी डेढ महिनापछि प्रर्दशनीमा आउने उक्त फिल्मबाट निकै आशाबादी रहेको बताउदै आएकी छन् ।

दबंगमा अनुबन्धित हुनुअघि आफूले ३० केजी तौल घटायको सम्झदै उनले दबंग ३ मा पहिले जस्तो मेहनत गर्नु नपरेको खुलासा गरेकी छन् ।

पहिलो फिल्म खेल्नुपूर्व सलमान खानले धेरै मोटी भएका कारण तौल घटाएर ५० केजी बनाउन आग्रह गरेपछि आफुले उक्त समय निकै मेहनग गरेको उनको भनाई रहेको छ ।

सलमान खानको सल्लाहले आज बलिउडमा लाखौको रोजाईमा पर्दे गएको सुनाउदै उनले अहिले आफु फिट एण्ड फाइन रहने बानीमा परिसकेको उनको अनुभव रहेको छ ।

मोटि भएका कारण आफुलाई नै फिल्मी दुनियामा प्रवेश हुँदिन कि भन्न भ्रममा रहेको बताउदै उनले साधारण तरिकाबाट नै शरिरको तौल घटाउने गरेको पनि उनले खुलाएकी छन् ।

कुनै डाइटिङ वा जिम एक्सर्पटको सहयोग विना आफ्नो कामको तालिका अनुसार तौल घटाउन सफल भएको उनको अनुभव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्