Logo

नेकपा र राजावादीबीच घम्साघम्सी, दिए एक-अर्कालाई यस्तो चेतावनी (भिडियोसहित)



काठमाडौं, १६ कात्तिक । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा नेकपाका नेता सुर्य पाठक र बरिष्ठ पत्रकार तथा नागरिक समाजवका अगुवा प्रेम कैदीबीच चर्काचर्की परेको छ । नेता पाठकले वर्तमान सरकारले देश र जनताको हितमा काम गरिरहेको बताए । तर, कैदीले भने पाठकको बोलीमा कुनै सत्यता नभएको जिकिर गरे ।

देश असाध्यै राम्रो ढंगले अघि बढिरहेको भनेर पाठकले दाबी गरे । उनले भने,‘आर्थिक वृद्धिद्धरको हिसाबले नेपाल विश्वमै दोस्रो पोजिसनमा छ । यो मैले भनेको होईन । विश्व बैंकले भनेको छ ।’ तर, कैदीले भने देशको औद्योगिक उत्पादन बिग्रिएको टिप्पणी गरे । उनले भने, औद्योगिक उत्पादन १७ प्रतिशतबाट झरेर ५ प्रतिशतमा झरेको छ ।’

प्रस्तुत छ पाठक र कैदीबीच गरिएको कुराकानीको भिडियो : 



प्रतिक्रिया दिनुहोस्