काठमाडौ कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सातामा तीन चोटी डायालासिस गर्नु पर्ने भएको छ । १२ बर्ष अधि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेपछि पुनः अर्काे मृगौला प्रत्योरोपण गर्नु वा एक हप्तामा तीन चोटी डायालासिस गर्नुको विकल्प नरहेको प्रधानमन्त्रीका नीजि चिकित्सकले जनाएका छन् ।
चिकित्सकका अनुसार एक पटकमा डायालासिस गराउदा न्युनतम चार घण्टा समय लाग्ने गरेको छ । प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण नगराएसम्म चिकित्सकको पूर्ण निगरानीमा रहनुपर्ने चिकित्सकको भनाई रहेको छ ।