Logo

समाजलाई उत्पादनमुखी बनाउनु पर्ने : मन्त्री गुरुङ



पोखरा, १६ कात्तिक : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले वर्तमान समाजलाई उत्पादनमुखी बनाउन सके मात्र देशले परिणाममुखी नतिजा निकाल्न सक्ने बताए । पोखरा महानगरपालिका–१६ स्थित हिमालय क्लबको २३औँ स्थापना दिवसको अवसरमा आज आयोजित रक्तदान तथा चियापान कार्यक्रममा बोल्दै उनले मुलुकका सबै जातजातिका संस्कृतिलाई राष्ट्रिय सम्पदाको रूपमा लिनुपर्ने बताए ।

समाज परिवर्तनमा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि उत्पादनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा स्थानीय यादवचन्द्र देवकोटाद्वारा स्थापना गरीएको र क्लबबाट सञ्चालित स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कारबाट पोखरा–१९ निवासी गोविन्दबहादुर क्षेत्रीलाई नगद रु १५ हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्