विराटनगर, कार्तिक १६ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले साँढे ३ किलोमिटर सडकमा दण्डप्रणाम गर्दै सिंघीया घाटको यात्रा गरेका छन् । नगरबासीको समृद्धि र सुख शान्तीको कामना गर्दे छठीमाइको दर्शन गर्न भन्दै वितग झै यसपटक पनि उनी जलाशय पुगेका छन । यो उनको १५ औ दण्डप्रणाम यात्रा हो ।
शनिबार बिहान साँढे १० बजे स्थानीय शिवपाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा साँझ ५ बजे सिंघीया जलाशय पुगेर टुंगिएको थियो । उनको साथमा पत्नि रञ्जीता र भतिजा प्रमेशले पनि साथ दिएका थिए ।
जलाशय क्षेत्रमा पुगेर अरु ब्रतालुझैं अस्ताउँदो सूर्यलाई जल चढाएर उनी पैदल घर फकिएका थिए । पराजुलीले आइतबार बिहान उदाउँदो सूर्यलाई पनि जल चढाउन जलाशय पुग्ने जनाएका छन् ।
यो ब्रत बस्दा मनले चिताएको पूरा हुने विश्वास रहेकाले विगत १५ वर्षदेखि यो प्रक्रियालाई निरन्तरता दिँदै आएको उनको भनाई रहेको छ ।