Logo

सहचालकले बस चलाउन सिक्दा डोटी दुर्घटना



काठमाडौं, कार्तिक १७ । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस सह चालकले चलाउँदा दुर्घटना भएको खुलेको छ।

जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरुपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्। चालक खगेन्द्र बडैलाले निन्द्रा लागेको भन्दै सह चालकलाई बस चलाउन दिएको २० मिनेटमा नै दुर्घटना भएको बाजुरा रिठाबजार घर भएकी घाइते यात्रु गंगा थापाले बताइन्।

दुर्घटनामा परी बाह्रबिस–६ बाजुराका नयाँ सेरालाको मृत्यु भएको हो। दुर्घटनापछि बस चालक बडैला र सह चालक एलेक्स लिम्बुलाई जिल्ला प्रहरी कार्यालय डोटीको नियन्त्रणमा राखिएको छ।

चालक बडैलाले भने गाडीमा खराबी आएकाले साइड लगाउने क्रममा दुर्घटना भएको बताएका छन्। तर यात्रुहरुले सह चालकले बस चलाउँदा दुर्घटना भएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्