काठमाडौं, १७ कात्तिक । क्यानडाका लागि नेपाली राजदुत भृगु ढुंगानाले क्यानडाका प्रधानमन्त्री जष्टिन पिरे जेम्स ट्रुडोले छिट्टै नेपाल भ्रमण गर्ने स्प्ष्ट पारेका छन् । क्यानडामा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा राजदुत ढुंगानाले यस्तो खुलासा गरेका हुन् ।
उनले यो वर्ष नै क्यानडाबाट उच्चस्तरीय भ्रमण हुने भन्दै क्यानडाका प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने सुनाएका थिए । उनले भने, पर्यटन वर्ष २०२० भित्रै नेपाल र क्यानडाबाट उच्चस्तरीय भ्रमण आदान प्रदान हुन्छ । अहिले परराष्टमन्त्री स्तरमा पनि भ्रमण हुन्छ । प्रधानमन्त्रीस्तरमा पनि भ्रमण हुन्छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा भएको साईडलाईन बैठकमा क्यानडाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि उनले जनाए ।
उनले नेपालको भ्रमण वर्षलाई सफल बनाउनको लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए । नेपाल र क्यानडाबीच सुमधुर सम्बन्ध रहेको पनि उनले सुनाए । अहिले नेपाल भ्रमण गर्ने क्यानेडेलीहरुको संख्या बढाउनेगरि कार्यक्रमहरु अघि सारिएको उनको भनाई छ ।
तस्विर : भरत गौतमको फेशबुकबाट