Logo

महराको थुनछेक बहस सुरु, रिहा होलान् कि जेल जालान् ?



काठमाडौं, १७ कात्तिक । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । काठमाण्डौ जिल्ला अदालतमा आज विहान ११ बजेबाट थुनछेक बहस सुरु भएको हो ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत शुक्रबार न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले महरासँग बयान लिएको थियो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्