Logo

इन्टरपोलको रेड कर्नर नोटिशमा परेका चलचित्र नायक सुदर्शन गौतम क्यानडामा, ऋषि धमलाले लिए अन्तवार्ता



काठमाडौं, १७ कात्तिक । इन्टरपोलको रेड कर्नर नोटिशमा परेका नेपाली मूलका क्यानडेली नागरिक सुदर्शन गौतमलाई ऋषि धमलाले भेटेका छन् । उनलाई क्यानडामा धमलाले भेटेर अन्तवार्ता समेत लिएका छन् ।

धमलाले गौतमसँग यसबारे घुमाउरो पारामा सोध्दा जीवनमा केही समस्या आएको स्वीकार गरे । ‘जानेर वा अन्जानमा जीवनमा धेरै कुरा भए,’ उनले भने, ‘जीवनमा समस्या नभउको मान्छे त ‘डेथ’ भइहाल्छ नि । आन्तरिक समस्या सबैलाई हुन्छ, मलाई पनि छ ।’

उनले नायिका रेखालाई मन पराएको स्वीकार गरे । रेखासँग विवाहको चर्चा चलेको थियो उनको । यसबारे सोध्दा भने, ‘मेरो लागि रेखासँग विवाह ‘सुर्तिजन्य पदार्थ स्वास्थ्यको हानिकारक छ’ भनेजस्तै हो ।

रेखाबाहेक अरु कुनै नायिकासँग निकट सम्बन्ध नरहेको बताए । उनले भने, रेखाबाहेक कसैसँग निकटता छैन । म राख्न पनि चाहन्न, छँदापनि छैन ।
दुवै हात गुमाएका सुदर्शन गौतमको नाममा यसै वर्ष रेड कर्नर नोटिश जारी गरिएको हो । अब उनलाई इन्टरपोल सदस्य देशमा पक्राउ गर्न सकिन्छ । उनीमाथि मानव तस्करीको अभियोग छ । दुवै हात नभएपनि उनले सगरमाथाको सफल आरोहरण गरेर किर्तिमान कायम गरेका थिए ।

Photo Source: Youtube



प्रतिक्रिया दिनुहोस्