Logo

पिएम ओलीको स्वास्थ्य गम्भीर की सामान्य ? (भिडियोसहित)



काठमाण्डौ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषय निकै चर्चाको विषय बनेको छ । २ महिना अगाडि मात्र २ पटकसम्म सिंगापुरमा उपचार गरेर फर्किए पछि पनि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बन्न सकेको छैन् । तर प्रधानमन्त्रीको स्वास्थ्यमा पटक पटक समस्या देखा पर्दा समेत आम जनतालाई भने आधिकारीक जानकारी गराइएको छैन् ।

प्रधानमन्त्री ओली देश र जनताकै कार्यकारी प्रमुख अझै भनौ सर्वजनिक पद धारण गरेका जनताका अविभावक । उनको स्वास्थ्य अवस्था कस्तो छ कसरी उपचार गरिदैछ भन्ने कुराको सर्वत्रा चासो हुनु स्वभाविक नै हो । जनताले सत्य तथ्य जानकारी पाउनु अधिकार पनि हो । तर न त सरकारले न त प्रधानमन्त्री कार्यालयले, कसैले पनि ओलीको स्वास्थ्यबारे खुलेर बोल्न चाहदैन ।

पछिल्लो ३ महिना को अवधिमा प्रधानमन्त्री ओलीले स्वदेशमा र विदेशमा पटक पटक स्वास्थ्य परिक्षण गराईरहेका छन् । गत साउन १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका ओली २७ गते स्वदेश फर्किएका थिए । १८ साउन स्वदेश फर्किए र ५ भदौमा फेरि सिंगापुरमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

त्यसपछि पनि उनको स्वास्थ्य सामान्य बन्न सकेन । २ कात्तिकमा काठमाण्डौकै ग्राण्डी अस्पतालमा परीक्षण गराउँदा मिर्गौला सुन्निएको पाइएपछि क्याथेटर राखिएको थियो । पुन.स्वास्थ्यमा समस्या देखिए पश्चात १४ गते बुधबार फेरि अस्पताल लगियो र आकस्मिक रुपमा डायलासिस गरियो ।

बुधबार अस्पतालमा पुगि बिहिबार डायलेसिस गरिए पश्चात अस्पताललले पत्रकार सम्मेलन ग¥यो र प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका थियो । तर स्वास्थ्य परीक्षणको रिपोर्ट सार्वजनिक गरिएन । पत्रकार सम्मेलन गरेको सोही दिन बेलुका प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्च गरियो ।

तर पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बनेको छैन् र अझै पनि कतिबेला अस्पताल पुग्ने पर्ने हो पत्तो समेत छैन् । प्रधानमन्त्री ओलीले आइतबार पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरे । प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो ।

तेस्रो डायलासिसको तयारी भइरहेको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि निरन्तर स्वास्थ्यमा समस्या देखिनु र परीक्षण तथा उपचार गराउने अनिवार्य जस्तै बनेको छ ।

https://www.youtube.com/watch?v=fRgK-C2txTM&feature=youtu.be



प्रतिक्रिया दिनुहोस्