Logo

कास्कीमा विद्या, धरानमा प्रकाश; यसरी छान्यो नेकपाले उम्मेदवार (सूचीसहित)



काठमाडौं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छानेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले उम्मेदवारहरुको नाम तय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिनिधिसभामा रिक्त कास्की २ का लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने तय भएको छ । भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । कास्की २ बाट निर्वाचित अधिकारीको गत वर्ष हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो ।

प्रदेशसभा अन्र्तगत रिक्त सदस्यका लागि हुने उपनिर्वाचनमा दाङ ३ ख मा विमला वली उम्मेदवार बन्ने भएकी छिन् । यसैगरी भक्तपुर १ क मा देवीप्रसाद ढकालले टिकट पाएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार बाग्लुङको २ ख मा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । दुई दलबीच चुनावी तालमेलको सहमति अनुसार एक अर्कालाई सघाउनेछन् ।

धरान उपमहानगरपालिकाको मेयरमा नेकपाका प्रकाश राईले टिकट पाएका छन् । नेकपा सचिवालय बैठकले राईको नाममा टुंगो लगाएको हो । १४ मंसिरमा प्रतिनिसभा, प्रदेशसभा र स्थानीय निकायको गरी देशभर रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । यसका लागि नेकपाले उम्मेदवार तय गरेको हो ।

File Photo



प्रतिक्रिया दिनुहोस्