Logo

भ्वाइस टप १२ मा को को छानिए



रियालिटी सो “द भ्वाइस अफ नेपाल सिजन २” को नकआउट चरण सकिएको छ । दोस्रो सिजनबाट नकआउट राउन्ड सुरु गरेको हो । नकआउटबाट १२ जना प्रतियोगिहरु छानिएर लाइभ शोसम्म पुगेका छन् । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको सोको नकआउटबाट चारजना कोचले आफ्नो टिममा उत्कृष्ट तीन प्रतियोगी छानेका छन् ।

भ्वाइसका कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ राउन्डमा पुगेका छन् भने कोच आस्थाको टिमबाट यांकी, शशिका, आरिफले यात्रा अगाडी बढाएका छन् । यसै गरी कोच प्रमोदले बलबहादुर, मेचु र रामलाई लाइभमा पुर्याएका छन् र कोच राजुको टिमबाट गीता, अन्जु र शिनिशले लाइभको यात्रा सुरक्षित गरेका छन् ।

आगामी हप्ताबाट सुरु हुन लागेको लाइभ राउन्डमा प्रतियोगीलाई अघिल्लो राउन्डमा पुर्याउने भन्ने निर्णय दर्शकको हातमा हुनेछ । जसलाई दर्शकले मन पराउँछन् उनीहरुले अगाडिको यात्रा तय गर्न पाउँछन् । नकआउट चरणमा १८ प्रतियोगी रहेको प्रत्येक टिमबाट ६ प्रतियोगी बाहिरिएका छन् । केही प्रतियोगी बाहिरिँदा भ्वाइसको पारदर्शितामा नै प्रश्न समेत उब्जिएको छ ।Photo Source: Cinepati



प्रतिक्रिया दिनुहोस्