Logo

देउवा र ओली दुवै उही ड्याङका मूला !



काठमाडौं, १८ कात्तिक । चर्चित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले वर्तमान सरकारले गरेको प्रदेश प्रमुखहरुको नियुक्तीबारे कडा टिप्पणी गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग तुलना गर्दै उही ड्याङका मूलाको संज्ञा दिएका छन् ।

आफ्नो ट्विटरमा संग्रौलाले यस्तो लेखेका छन्,”देउबाले जे बिगार गरे भनेर ओलीले प्रदेश प्रमुखहरूलाई घोर अपमानसाथ निकाला गरेका थिए, आफूले ठ्याक्कै त्यही गरे-देउबाले झैँ आफ्नै खल्तीका जनहरूलाई प्रदेश प्रमुख बनाए। देउबा र ओली दुबै उही ड्याङका मूला ! यो मामिलामा ओली बने देउबाका अज्ञाकारी उत्तराधिकारी ! जय नेपाल ! “



प्रतिक्रिया दिनुहोस्