Logo

हजुरबुबा–हजुरआमा भेट्न साम्राज्ञी वीरगन्जमा



चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह वीरगन्ज पुगेकी छिन् । उनी आफ्नो हजुरबुबा– हजुरआमालाई भेट्न वीरगन्ज पुगेकी हुन् । हजुरबुबा पशुपति विक्रम शाह एवम् हजुरआमा उषा शाहसँग साम्राज्ञीले गृह नगर पर्सामा रमाइला पलहरु बिताइन् । उनी छठ पर्वको अवसरमा त्यहाँ पुगेको जानकारी प्राप्त छ ।

साम्राज्ञीको आमा नेहा राज्य लक्ष्मी शाह र बुबा महेश बिक्रम शाह हुन् । साम्राज्ञीका हजुरबुबा पूर्व राज परिवारका नजिकका नातेदार हुन् । उनीहरु राजकीय परिवारसँग जोडिएका छन् ।

साम्राज्ञीको पछिल्लो चलचित्र ‘मारुनी’ र ‘रातो टीका निधारमा’ ले खासै हलमा दर्शक तान्न सकेन । बक्सअफिसमा दुईवटा फिल्म लगातार असफल भएपछि फिल्मवृतमा उनको स्टारडम ध्वस्त भएको टिका–टिप्पणी भइरहेको छ । अब उनले कुन चलचित्र गर्छन् भन्ने सबैको चासोको विषय रहेको छ ।

पछिल्ला केही महिनाहरुमा साम्राज्ञी विभिन्न बोल्ड तस्विरहरु र अभिव्यक्तिको कारण विवादमा तानिएकी थिइन् । उनको श्रृंखलाबद्ध विवादको कारण पनि उनको चलचित्र असफल भएको हो कि भन्ने अनुमान पनि गरिएको छ । साम्राज्ञीले अहिलेका चल्ती अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यू गरेकी हुन् । Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्