Logo

आलमको थुनछेक बयान सुरू



काठमाडौं, १९ कात्तिक । ईट्टाभट्टामा जिउँदै मान्छे मारेको अभियोग लागेका कांग्रेस सासंद महम्मद अफताब आलमको थुनछेक बयान सुरू भएको छ। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान केहीअघि सुरू भएको हो ।

बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस सुरू हुनेछ। बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले सोमबार उनीविरूद्ध जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै मुद्दा दायर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्