Logo

दिपिका आमा बन्दै !



बलिउड अभिनेत्री दिपिका पादुकोणले केहि बच्चाको तस्विरहरु सेयर गरेकी छिन् । उनले सेयर गरेको तस्विरहरुको आधारमा अभिनेत्री दिपिका र श्रीमान् रणवीर सिंहले बच्चाको योजना बनाइराखेका छन् भन्ने अनुमान लगाइएको छ । तस्विरले गर्दा दिपिका गर्भवती छिन् भन्ने हल्ला चलेको हो ।

सेयर गरिएको तस्विरहरुमा साना साना बच्चालाई देख्न पाइन्छ । त्यो तस्विर दिपिका आफ्नै सानो बेलाको रहेको जनाइएको छ । दिपिका र रणवीर दुवैलाई योे वर्ष कुनै पनि दिपावलीको कार्यक्रममा देखिएन । यस वर्ष अभिनेत्रीले विवाह पछि पहिलो दिवाली आफ्नो दुवै परिवार पादुकोण र भवानीससँग शान्तपूर्वक मनाएकी छिन् ।

बच्चाको विषयमा उनले केही समयअघि जहिले हुनु पर्ने हो त्यतीबेला हुन्छ भनेकी थिइन् । उनले विवाहित महिलाको लागि मातृत्वको भाव निकै ठूलो रहेको पनि उल्लेख गरेकी थिइन् । अभिनेत्री दिपिका र अभिनेता रणवीर २०१८ मा वैवाहिक सम्बन्धमा बाँधिएका हुन् ।Photo Source: Deepika Padukone Instagram



प्रतिक्रिया दिनुहोस्