काठमाडौं, २० कात्तिक । टीकापुरमा तत्कालिन एसएसपी लक्ष्मण न्यौपानेसहित प्रहरीको विभत्स हत्याको अभियोगमा डिल्लीबजार कारागारमा छन् रेशम चौधरी । कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीलाई सपथ खुवाउने विषयमा ठूलै विवाद भएको थियो ।
अन्तमा चौधरीलाई सपथ खुवाउन डिल्लीबजार कारागारबाट झिकाइयो । उनी संसद भवन पुगेर तत्कालिन सभामुख कृष्णबहादुर महराबाट सपथ लिए । तर, संयोग तिनै महरा चौधरी र्पुपक्षका लागि थुनामा रहेको डिल्लीबजार कारागार पुगेका छन् । चौधरी जघन्य अपराधका अभियुक्त हुन् भने महरा जर्बजस्ती करणी उद्दोगका अभियुक्त ।
७ भदौ २०७२ मा टीकापुरमा तत्कालिन एसएसपी लक्ष्मण न्यौपानेसहित आठजना प्रहरीको विभत्स हत्याको अभियोग लागेका चौधरीबाहेक डिल्लीबजार कारागारमा हाइप्रोफाइल बन्दी पनि छन् । जसमध्ये नेपाल प्रहरीका पूर्व आइजीपी रमेश चन्द ठकुरी पनि हुन् । ठकुरीमाथि सुडान घोटालामा अनियमितता गरेको आरोप पुष्टि भएको थियो । उनी १९ असार २०७६ देखि एक वर्षको जेल सजाय भोगिरहेका छन् ।- File Photo