च्याम्पियन्स लिग फुटबलमा टोटनहामका कोरियाली स्टार सन हुङ मिनले दुई गोल गरे । उनले पहिलो गोलमा खुशी मनाएनन् । दुई हात जोड्दै माफीको संकेत गरे ।
खुशी नमनाउनुमा उनले इभर्टनका मिडफिल्डर आन्द्रे गोमेजलाई गत हप्ता प्रिमियर लिग फुटबलमा घाइते बनाउनु मुख्य कारण रहेको छ । गोमेज घाइते भएपछि सन निकै दुखी छन् । गएरातिको खेलमा नायक सावित भएपछि उनले गोमेजसँग टेलिभिजन अन्तवार्तामा माफी पनि मागे ।
गोमेज घाइते भएपछि निकै दुःखी बनेका सनले गोलको खुशी मनाउन समेत सकेनन् । उनले गोमेजलाई घाइते बनाएपछि रातो कार्ड पाए्रका थिए । तर, यो निर्णय फुटबल एशोशिएसनले उल्टाएपछि च्याम्पियन्स लिगमा खेल्ने मौका पाए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले दोस्रो हाफमा दुई गोल गरे ।
रेड स्टार बेलग्रेडविरुद्ध सनको प्रदर्शन सानदार थियो । उनको दुई गोलको मद्दतले टोटनहाम रेडस्टारमाथि ४-० को जित निकाल्न सफल भयो । यसअघि बायर्न म्युनिखसँग ७-२ ले पराजित भएको टोटनहामले रेड स्टारसँग निकै राम्रो खेल्यो । अंक तालिकामा दोस्रो स्थानमा रहन सफल भयो । Photo Source: Evening Standard