Logo

ब्राजिलका पूर्व राष्ट्रपति लुला रिहा हुनसक्ने



ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डि सिल्भा हिरासतबाट रिहा हुनसक्ने भएका छन् । बिहिबार त्यहाँको अदालतले नयाँ नियम पारित गरेपछि लुला रिहा हुनसक्ने अवस्था बनेको हो ।

अदालतको फैसला अनुसार दोषी ठहरिएका अभियुक्त पुनरावेदनबारे फैसलापछि मात्र जेल लगिने प्रावधान छ । यसले हजारौं बन्दी रिहा हुने अवस्था बनेको छ । लुला पनि यस्तै बन्दी हुन् जसले पुनरावेदन हालेका छन् । भ्रष्टाचारको अभियोग लागेका वामपन्थी धारका लुलालाई गत वर्ष जेल हालिएको थियो । उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति बनेर लोकप्रीय भएका थिए ।

लुलाले पछिल्लो राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिन खोजेपछि अदालतको फैसलाले रोकिएको थियो । उनी ब्राजिलमा अझै लोकप्रीय छन् । लुलाले आफूमाथिको भ्रष्टाचारको अभियोग अस्वीकार गर्दै आएका छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्