काठमाडौं, कार्तिक २२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतले आफ्नो नक्सामा नेपाली भुमी राख्दैमा उक्त भुमी भारतकै नहुने बताएका छन्।
भारतले आफ्नो नयाँ नक्सामा देखाएको नेपालको भुमि फिर्ता गर्न आग्रह गर्दै सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सगठन र अनेरास्ववियुले ज्ञापनपत्र बुझाएपछि प्रतिक्रीया दिदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन्।
उनले कुनै पनि सार्वभौम देशको भुमीलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको बताउँदै उनले नक्सामा राख्दैमा नेपाली भुमि नगुम्ने आश्वासन दिए।
‘सुदूरपश्चिम प्रदेशकै भुगोल भारतीय नक्सामा देखिएकोले उक्त विषयलाई टुङगोमा पुगाउन हामी संघीय सरकारसंग आग्रह गरिरहेका छौँ,’ मुख्यमन्त्री भट्टले भने, ‘संघीय सरकारले कुटनितिक पहलबाट नेपाली भुमी जोगाउनपर्छ।’