काठमाडौं, २२ कात्तिक । हाउजिङ ठगीको आरोपमा हिजो पक्राउ परेका व्यवसायी डा. रुप ज्योतीलाई हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले तीन दिनको अनुमती दिएको छ। प्रहरीले ५ दिनको म्याद मागे पनि काठमाडौं जिल्ला अदालतले ज्योतीलाई थप अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्ने अनुमती दिएको छ ।
पूर्व अर्थ राज्यमन्त्री समेत रहेका ज्योतीलाई ठगीको आरोपमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। ज्योतीलाई काठमाडौं प्रहरीले काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। सिंगापुरबाट काठमाडौं ओर्लने वित्तिकै ज्योती पक्राउ परेका हुन्। रुप ज्योतिसँगै छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएको आरोप छ।