Logo

बालुवाटारमा सर्वदलीय बैठक, यी हुन छलफलका एजेण्डा



काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक आजै अपरान्ह चार बजे बस्दैछ । बैठकमा प्रमुख दलका प्रायः शीर्ष नेता सबै उपस्थिति हुनेछन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि प्रधानमन्त्रीले यस विषयमा सर्वदलीय बैठक डाकेका हुन् ।

स्रोतकाअनुसार कालापानी र लिपुलेकबारे प्रधानमन्त्री ओलीले प्रमाणपनि पेश गर्ने र यसबारेमा भारतसँग आफूले नै कुटनीतिक रुपमा डिल गर्ने तयारी गरेका छन् । लिपुलेकबारे भारत र चीनमात्रै नभएर नेपालको पनि सहभागिता रहनेगरि भारत र चीन दुवै देशका प्रमुखसँग कुरा गर्ने ओलीको योजना छ । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, दलका प्रतिनिधिहरुका साथै सीमा विज्ञहरुलाई पनि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्