Logo

पश्चिमोत्तर सीमा सुरक्षाशून्य



काठमाडौं, कात्तिक २४ । नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्नो सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा १९ किलोमिटर वरसम्म शून्य छ ।
व्यास गाउँपालिका–१ छारुङ गाउँबाट दाक्षिणतर्फ तिकर खोलानजिकैको सीतापुर प्रहरीचौकी नै नेपालको पश्चिम सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो । जीर्ण अवस्थाको यो चौकीमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा १३ जनाको टोली छ । सीमा क्षेत्रको एकमात्रैचौकी भएकाले स्थानीय नागरिकलाई सुरक्षा दिने दायित्व पनि यह िटोलीमाथि ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा दार्चुलाबाट मनोज बडूले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्