Logo

सनराइज बैंकको नाफा ह्वात्तै बढ्यो



काठमाडौं, २४ कात्तिक । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही अवधिको तुलनामा ३७ दशमलब ०६ प्रतिशतले नाफा बृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३३ प्रतिशतले सुधारिएर एक अर्ब १० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्ष यो आम्ददानी ८१ करोड १८ लाख रुपैयाँ मात्रै थियो । यसपटक ब्याज खर्चमा केही कमी रहेतापनि नाफा बढाउन बैंक सफल भएको हो । बैंकको ब्याज आम्दानी १५ प्रतिशतले बढोत्तरी हुँदा ब्याज खर्च ५ दशमलब ८३ प्रतिशतले मात्रै बढेको छ । निक्षेपकर्ताबाट ७७ अर्ब ८९ करोड रुपैयाँ संकलन गरी ७२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरिएको छ । तीन महिनाको अवधिमा ३ दशमलब २६ प्रतिशत निक्षेप संकलन बढ्दा ऋण लगानी भने ५ दशमलब ३७ प्रतिशतले बृद्धि भएको छ । बैंकको चुक्त पुँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुई अर्ब ९४ करोड रुपैयाँ जम्मा छ ।
कर्जा लगानीसँगै पुँजीकोष अनुपातः १२ दशमलब ९९ प्रतिशतबाट १२ दशमलब ७५ प्रतिशतले गिरावट आएको छ । स्प्रेड दर केही प्रतिशतले घटेर नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ४ दशमलब ५ प्रतिशत कामयगरेको छ । यसले प्रतिशेयर आम्दानी एक वर्षमा १६ रुपैयाबाट २२ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्