Logo

अपहरणको शैलीमा डा केसीलाई हेलिकोप्टर मार्फत राजधानी ल्याउने योजना असफल



काठमाडौं, कार्तिक २६ । डडेल्धुरामा आठदिनदेखि सत्याग्रहमा रहेका चिकित्सा क्षेत्रका अभियन्ता डा गोविन्द केसीलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै काठमाडौं फर्किएको छ ।

अनशनको सातौँ दिन आइतबारसम्म डा केसीको स्वास्थ्यबारे सामान्य सोधनीसमेत नगरेको सरकारले डा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार हेलिकोप्टर पठाएको थियो । तर, डा केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उनलाई नलिई फर्किएको हो ।

डा केसीलाई राजधानी ल्याउन सोमबार हेलिकोप्टर पठाइएको हो । डडेल्धुरा सदरमुकामदेखि ५ किलोमिटर दुरीमा रहेको नेपाली सेनाको नेपाली सेनाको दहगणमा हेलिकोप्टर ल्याण्ड गरिएको थियो ।

स्थानीय प्रशासनले डा केसीलाई होलिकोप्टर मार्फत राजधानी पठाउने तयारी गरेपछि डा केसीले इन्कार गरेका थिए भने डा केसीको समर्थनमा आन्दोलित डडेल्धुराबासीले अवरोध पुगाएका थिए ।

उनलाई अनसनको सुरुदेखि नै सादा पोसाकमा खटिएका प्रहरीले अनसन तोडेर खान खुवाउने समेत प्रयास गरेका थिए । सरकारले आफ्ना माग पुरा नगरे सत्याग्रहकै क्रममा आफु मर्न तयार रहेको डा केसी बताउदै आएका छन । नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्