Logo

देउवाले गरे ओलीको आलोचना, लिपुलेक हाम्रो हो’



हेटौंडा, २७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले नयाँ नक्सामा नेपालका भूमि समावेश गरे पनि राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली चुप बसेको आरोप लगाएका छन्।

हेटौंडामा कांग्रेसको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देउवाले भने,‘कालापानी, लिपुलेक नेपालको हो। मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो।’ वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्ने उनले बताए। ‘सरकार किन अलमल गरि राखेको छ? राष्ट्रवादी भनिएका प्रम ओली किन कडा कदम चाल्दैनन?’ देउवाले प्रश्न गरे, ‘किन बोलनन् ओली ?’



प्रतिक्रिया दिनुहोस्