काठमाडौं, २८ कात्तिक । प्रधामन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा रिक्त ५० पदमा नियुक्तिका लागि पहल थालेका छन् । उनले बुधबार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नै दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग यसबारे छलफल गरे ।
सहमतिमा आयोगमा नियुक्ति दिनेबारे ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । आयोगहरुको रिक्त पदहरुमा अबको एक हप्ताभित्र सहमति बनाएर नियुक्ति दिने सैद्धान्तिक सहमति बनिसकेको बुझिएकोछ ।
आयोगहरुमध्ये अख्तियार दुरुपयोग अनुसन्धानमा नेकपा र नेपाली काँग्रेस दुवैको दाबी छ । अख्तियारमा दुई आयुक्त पद रिक्त छ ।
निर्वाचन आयोग,प्राकृतिकवित्त आयोग,मधेशी, थारु, मुस्लिम, समावेशी आयोगमा पनि पद रिक्त छन् । यी पदहरुमा सत्तारुढ दल नजिक रहेकाहरुको दौडधुप चलिरहेको छ । उपनिर्वाचन सकिएलगत्तै आयोगहरुमा नियुक्तिको तयारी भएको छ ।
संविधान बमोजिम प्रत्येक संवैधानिक आयोगमा अध्यक्ष र चार सदस्यको व्यवस्था छ ।
कुन आयोगमा कति पद रिक्त
आयोग संख्या
अख्तियार २
निर्वाचन २
प्राकृतिक वित्त ५
मधेशी ४
थारु ४
मुस्लिम ४
समावेशी ४
महिला ५
आदिवासी ५
जनजाति ५
दलित ५
सत्य निरुपण ५
वेपत्ता ५