काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाको डायलसिस हुने भएको छ । यसअघि दुईपटक डायलसिस गरिसकेका उनको आज तेस्रो दिन डायलसिस हुने खबर छ ।
राजधानी दैनिकले प्रधानमन्त्रीको तेस्रो डायलसिस आज शिर्षकमा खबर छापेको छ । ओलीले यसअघि ग्रान्डी अस्पतालमा डायलसिस गराएका थिए ।
१२ वर्ष अघि भारतको नयाँ दिल्लीमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मृगौलाबाट उनले १२ वर्ष सक्रिय जीवन बिताइसकेका छन् ।
भदौमा सिंगापुरमा उनले पुनः उपचार गरेका थिए । त्यसपछि ओलीको नियमित डायलसिस गर्नुपर्ने भएको छ । File Photo