काठमाडौं, ३० कात्तिक । नेपाली राष्ट्रिय फुटबल खेलाडीहरु विश्वकप फुटबल छनोट खेल्न भुटान जाँदैछन् । भुटानसँग खेल्नका लागि नभई कुबेतसँग खेल्न नेपाली टोली प्रस्थान गर्न लागेको हो ।
भुटानको चाङलिमिथाङ स्टेडियममा नेपाली टोलीले कुबेतविरुद्ध मङ्गलबार विश्वकप छनोटको एशिया प्यासिफिक क्षेत्रको दोस्रो चरण अन्र्तगत पाचौं खेल खेल्न लागेको हो । यसअघि नेपालले खेलेको चार खेलमा एक जीत र तीनमा हार व्यहोरिसकेको छ ।
नेपालको यो खेल घरेलुमा गणना हुनेछ । दशरथ रङ्गशालाको पुननिर्माण पूरा नहुँदा नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमायो । एशियाली फुटबल महासंघले दशरथ रङ्गशालाको तयारी पूरा नभएको भन्दै खेलाउन समर्थन नजनाएपछि भुटानको मैदान छानिएको हो । घरेलु मैदान नहुँदा न्युट्रल मैदानमा खेलाउन सकिने भएपछि नेपालले विकल्प रोजेको हो । Photo Source: ANFA