काठमाडौँ, १ मंसिर। पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका छन् ।
त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ ।महिना दिनअघि रामग्राम नगरपालिका १५ का २० बर्षीय एक युवा प्रशासन कार्यालयमा माइत गएकी पत्नीलाई झिकाइ दिन निवेदन लिएर पुगे ।
गत बैशाखमा रुपन्देही जिल्लामा विवाह गरेका उनले पत्नी लिन पटक पटक गए पनि नआएको भन्दै निवेदन दिएका हुन ।विवाह भएको दुई महिनामै पत्नी माइत गएको निवेदनमा उल्लेख छ । आफूले खान लाउन दिए पनि माईत गएपछि विनाकारण घर नफर्केको उनको भनाइ छ ।ससुरालीले पनि छोरी नपठाउने भन्दै आफूलाई फर्काउने गरेको उनले बताए ।
‘धेरैपटक पत्नी लिन पुगें तर उनीले आउन नमानेपछि ससुरालीले पनि पठाएनन्,’ प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीसमक्ष निवेदन पेसेका उनले भने ।
अन्नपूर्ण पोष्ट दैनिकबाट