काठमाडौं, ०२ मंसिर । प्रधानमन्त्री केपी ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना हट्ने बताएका छन् । आफूहरूलाई अरूको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च पनि कसैलाई नछाड्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।
‘अहिलेको सरकार नेपालको राष्ट्रको सरकार हो, देशभक्तहरूको सरकार हो । यो सरकारले आफ्नो भूमि एक इन्च पनि मिच्न दिदै’, राष्ट्रिय युवा संघ नेपालको एकता भेलामा आइतबार प्रधानमन्त्री ओलीले भने, ‘नेपालीलाई अरूको जमिनको लोभा छैन, हामीलाई अरूको जमिन चाहिँदैन । हाम्रो जमिनबाट छिमेकीले आफ्नो सेना फिर्ता लैजानुहोस् । हाम्रो जमिनमा सेना नराख्नुहोस ।’
अन्नपूर्ण पोष्ट् दैनिकबाट