Logo

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुस्त



काठमाडौं, मंसिर २। सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरे पनि अझै ३५ हजार २ सय विद्यालयमा सो कार्यक्रम पुग्न सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ३५ हजार ६ सय एक वटा विद्यालय छन् ।
अहिलेसम्म ३ सय ९२ वटा विद्यालयमा मात्र नर्सिङ कार्यक्रम लागू भएको छ ।

शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ८३ लाख ४९ हजार ६ सय ५१ जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । जबकि दर्तावाल नर्सको संख्या ९० हजार ८ सय १७ जना छन् ।

अन्तर्रा्ष्ट्रिय मान्यतालाई हेर्ने हो भने ७ सय जना विद्यार्थीदेखि ८ सय विद्यार्थीलाई एक जना नर्सले सेवा दिएका हुन्छन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्