Logo

मन्त्रीहरुले नै घुस खाएको माधव नेपालको आरोप



काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेका मन्त्रीहरु नै घुस खाने काममा संलग्न रहेको आरोप लगाएका छन् । उनले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको टिप्पणी गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ । नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’



प्रतिक्रिया दिनुहोस्