डोटी, मंसिर ५ । डोटीमा एक हजारका दुईवटा नक्कली नोट फेला परेका छन्। दिपायलस्थित एनसिसी बैंकमा एक ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा एक हजारका दुईवटा नक्कली नोट फेला परेको हो ।
बैंक कर्मचारी अनिल शाहीले बैंकमा ३५ हजार जम्मा गर्न आएका एक ग्राहकको रकममा एक हजार दरका ती दुई नक्कली रहेको फेला परेको बताए ।
अन्य नोटभन्दा उक्त नोटको कागज फरक खालको तथा फोटोकपी कागज जस्तै भएकाले नक्कली नोट सजिलै चिनिएको शाहीको भनाई छ ।डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीमा कहाँबाट नक्कली नोट आए सो विषयमा अनुसन्धान गरिने बताए ।रासस