काठमाडौँ, ८ मंसिर । सरकारले लिएको १५ दिने म्याद सकिए पनि मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । शिक्षा मन्त्रालयले कार्तिक २४ गते सूचना जारी गरेर १५ दिन भित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले तेस्रो पटक दिएको समयसीमा आज सकिदैछ । मन्त्रालयले यसअघि गत चैत र दशैअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।
कान्तिपुर दैनिकबाट