काठमाडौँ ८ मंसिर। सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानी काठमाण्डौमा प्रदर्शन गरेको छ । जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको सन्र्दभमा सनिबार राजधानी काठमाण्डौको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन गरेको हो ।
प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस बर्ष ७ गते नै मनाएको हो । अगाडी राजधानीका विभिन्न स्थान गौशला, महाराजगञ्ज, र्कितिपुर लगायत स्थानबाट झाँकी सहितको र्याली भृकुटीमण्डप पुगी सभामा परिणत भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर सिके राउतले मधेसी, थारु, आदिवसी जनजातिसंग भइरहेको रंगभेद अन्त्य गर्नुपर्ने बताए। उनले रंगभेद अन्त्य नभएसम्म जनताले परिर्वतनको महसुस गर्न नसक्नुको साथै मुलुकको समुन्नत विकास नहुने बताए ।
नागरिक दैनिकबाट