Logo

माधव नेपाललाई फेरी अर्काे झट्का



काठमाडौं, मंसिर ८ । नेकपाभित्र पटक पटक अपमानित भईरहेका नेता हुन माधव नेपाल । नेकपा गठन भएपछि पार्टी बरियतामाा झलनाथ खनाल भन्दा माथी राखिएका र अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलको चीन भ्रमणका बेला पार्टीको कार्यबहाक अध्यक्षको समेत जिम्मेवारी पाएका नेता नेपाल पछिल्लो समयमा भने अपमानको सिकार भईरहेका छन् ।

अपमानको श्रृखला पछिल्लो मन्त्रीपरिषद् हेरफेरसम्म पनि जारी रह्यो । मन्त्रीपरिषद् हेरफेर गर्नुअधि ओलीले नेपालसंग सम्बन्ध सुध्रियको संकेत गरेका थिए । दुई नेताबिच करिब करिब बोलचाल बन्द हुने अवस्था रहेकोमा ओलीले एक सात अधि नेपाललाई बालुवाटर डाकेर करिव चार घण्टा भलाकुसारी गर्न भ्याए । त्यसलाई नेपालले पनि सकारात्मक रुपमा लिएका थिए ।

पार्टी भित्र आफूले सम्मानजनक हैसियत पाउनेमा उनी विश्वस्त थिए । नेपाल निकट एक जना नेताका अनुसार नेपालको पछिल्लो चार घण्टे भेटवार्ता प्रधानमन्त्री ओलीले दुई घण्टाजति अर्काे अध्यक्ष प्रचण्डसंगको असुन्तुष्टि पोख्नमै बिताएका थिए । ओलीले नेपाललाई पार्टीको बागडोर कुनैपनि हालतमा प्रचण्डलाई नदिने, उनी जस्तो अविश्वास भएको नेता अरु कुनै नभएको र प्रचण्डले आफूसंग पदको लागि नाजायज बार्गेनिङ गरेको दुखेसो पोखेका थिए ।

प्रचण्डको चुंगलमा पार्टीलाई जानबाट रोक्न तपाई नमिल्नुको विकल्प नरहेको पनि बताएको एक नेताले बताए । तर, मन्त्रीपरिषद् हेरफेर र पार्टीको जिम्मेवारी बाडफाडमा ओलीले नेपाललाई पूर्ण रुपमा वेवास्था गरेपछि नेपाल प्रचण्ड र ओली दुवैप्रति क्रुद्व बनेका छन् । ओलीले पार्टीको कार्यकारी कमान प्रचण्डलाई सुम्पिए । उता मन्त्रीपरिषद् हेरफेरमा पनि को कोलाई ल्याईदैछ भन्ने सुईको सम्म ओलीले नेपाललाई दिएनन् ।

अधिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बर्खास्त गरेर उनीहरुको स्थानमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा समेत ओलीले नेपालललाई बेवास्ता गरेका थिए । उक्त सातै प्रदेशका प्रमुख प्रचण्ड र ओली दुवै मिलेर ४ र ३ को समिकरणबाट आफु निकटलाई जिम्मेवारी दिएका छन । उक्त कार्यबाट क्रोधित बनेका नेपालले नोड अफ डिसेन्ट नै लेखि सकेका छन् । देशान्तर साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्