Logo

प्रहरी थुनामा युवकको शंकास्पद मृत्यु



काठमाडौं, मसिर ९ । प्रहरी चौकीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका गैराबजारस्थित गैरा प्रहरी चौकीमा सोही गाउँपालिकाको (४ खैगाडका २१ वर्षीय गणेश पालीको मृत्यु भएको हो । उनी से १ ज २९२ नम्बरको जिप चालक हुन् ।
आइतबार दिउँसो प्रहरीचौकीमा रहेका बेला उनको शंकास्पद मृत्यु भएको छ । आइतबार दिउँसो गैरादेखी डडेल्धुराको गंगाखेत सडकखण्डमा जिप चालकबीच विवाद भएको स्थानीयले बताए । गैरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक करन सिं धामीका अनुसार उनीहरुको विवाद मिलाउन चालकहरुलाई प्रहरी चौकीमा ल्याइएको थियो । स्थानीयवासीहरुले समेत उनको पृष्ठभूमि रक्सी खाने, चरेस पिउने र चाँडै आक्रोशमा आउने स्वभाव भएको बताएका छन् । यद्यपी आइतबारको घटना भने शंकास्पद रहेको स्थानीयले बताएका छन् ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकले समाचार छापेको छ ।



प्रतिक्रिया दिनुहोस्