Logo

पोखरामा बिहानै बम विस्फोट,वडा अध्यक्षको गाडीमा क्षति



काठमाडौं, मंसिर ९ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम बिस्फोट भएको छ । बिहान सबेरै भएको उक्त बिस्फोटबाट पार्कीङ गरिराखेको उनको गाडीमा क्षति पुगेको छ । प्रहरीले घटनास्थलमा कुनै सुराकी नभेटिएको जनाएको छ ।

बम प्रहार कसले र किन गरायो भन्नेबारे खुल्न सकेको छैन् । बम प्रहारबाट अध्यक्ष आचार्यको परिवार सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको जनाउदै प्रहरीले दोसी चाँडै सार्वजनिक हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्